२०७८ सालको राशिफल

२०७८ सालको राशिफल

बार्षिक राशीफल
यस बर्ष राक्षस नामको संवतसर परेको र मंगलग्रहले राजा र मन्त्रीपदको प्रतिनिधित्व गरेको हुँदानिरङकुशता हावी हुनेछ । जनतामा डरत्रासहरु आउने तथा राजनैतिक झमेलामा राज्यले ठुलै क्षति पाउनेछ । देशको कुना काप्चामा नाराजुलुस तथा बिरोधहरु हुने छ । समाजमा अराजकता बढ्ने छ । गैरकानुनी रुपमा व्यापार ,व्यवसायहरु फस्टाउने सम्भावना भएको हुँदा राज्यले नियन्त्रण गर्न अथक प्रयास गर्नेछ । अन्नवालीहरु प्रसस्त हुनुका साथै तरल पदार्थको मुल्यमा केहि परिवर्तनहरु हुनेछन् । सुन चाँदी हिरा धातुजन्य पदार्थ मुल्यमा बृद्घि तथा जलवायुमा परिवर्तनहरु हुनेछन् । जनताहरुको मनमा राष्ट्रियाता प्रति जागरुक हुनेछन् । सिमाक्षेत्रमा केहि बिवादहरु आउने भएको कारण राज्यले केहि राम्रा कदमहरु चाल्नेछ । उद्योगहरु प्नि संचालनमा आउने तथा ठुला ठुला परियोजनाहरुको कार्यानयन हुने देखिन्छ । राजनैतिक क्षेत्रमा शक्ति परिवर्तनको सम्भावना भएता पनि एकाधिकार नै बढि हावी हुनेछन् । राज्यका उच्चपदस्थ व्यक्तिहरु माथी आक्रमण हुने तथा सवारी साधनबाट हानी नोक्सानी हुनेछन । धार्मिक कार्यमा जनताहरुको सहभागी धेरै हुनेछ । पानी बाटो, तथा वनजङ्गको लागी राज्यले ठुलै भुमिका निर्वाह गर्ने तथा बैदेशिक सम्बन्धलाई उच्चस्तरमा पुराउने छ । बैशाख, असार , भाद्र , कार्तिक, पुष महिना राष्ट्रको लागी नराम्रो रहेको हुँदा होसियारी पुर्वक जनता बस्नुपर्ने देखिन्छ ।

 

मेष– यो बर्ष समय उत्तम रहेकोछ । साथीभाई आफ्न्तीहरुको सहयोगमा कार्य सम्पादनहरु हुनेछन् । आर्थिक प्रगति हुनेछ । सामाजिक कार्यको प्रशंशा हुने तथा सरकारी क्षेत्रबाट मानसम्मान मिल्नेछ । बर्र्षको मध्य समयमा भने अनावश्यक खर्चहरु हुने छ भने सवारी सधानबाट ख्याल राख्नुहोला, स्वास्थ्यमा केहि समस्या आउनेछ । जग्गा जमिनको कारोबार हुनेछ , बैदेशिक क्षेत्रमा भने केहि समस्या आउनेछ । शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुने तथा सन्तानले प्रगति गरेको कारण मनमा शान्ति मिल्नेछ । व्यापारमा केहि उतार चढाब हुनेछ । जागिर गर्नेहरुको लागी भने यो बर्ष राम्रो रहेकोछ । साना तिना समस्या आइपरे पनि समाधान हुनेछ । नयाँ कामको शुरुवात हुनेछ । आर्थिक दृष्टिले असार असोज माघ, महिना शुभ रहेकोछ । यो बर्षको लागी शुभ अकं १, २, ९ रातो , सेतो पंहेलो रगं शुभ रहेकोछ ,
बृष– यो बर्ष सामान्य रहेकोछ । आर्थिक कष्टबेला बेलामा हुने तथा परिवारले नै अपमान गर्ने छन् । पशुचौपायबाट हानी नोक्सानी हुने तथा व्यापारमा भने लाभ मिल्नेछ । रोकिएका कामहरु बन्नेछन् । दाजुभाईको सम्बन्धमा चिसोपन हुने तथा ससुराली सँगभने राम्रो सम्बन्ध हुनेछ । राहु र केतुको कारण दाम्पत्य जिवनमा केहि कष्ट हुने सम्भावना रहेकोछ । शेयर कारोबारमा लाभ मिल्नेछ , कृषिकार्य खासै राम्रो हुनेछैन् । मान्यजनहरु संग बिवाद आउनेछ । माया प्रेममा राम्रो हुनेछ । अध्यान अध्यापन तथा गरेको कार्यमा परिवारले बेला बेलामा रोकावट दिनेछन् । यो बर्ष रमाईलो यात्रा हुनेछ । आर्थिक दृष्टिले श्रावण , कार्तिक , फागुन महिना शुभ रहेकोछ । यो बर्षको लागी शुभ अकं २, ७ ,९ शुभ रगं सेतो , पंहेलो रहेकोछ ।
मिथुन– यो बर्ष खासै राम्रा रहेका छैनन् । आर्थिक पिरचिन्ताले सताउने देखिन्छ । पुर्खेउली सम्पत्तिमा बिवाद आउने तथा दाजुभाईले मिलेर गरेको कार्यमा केहि सफल्ता मिल्नेछ । स्वास्थ्यमा केहि समस्या आउने तथा शिक्षाको क्षेत्रमा भने प्रगति हुनेछ । परिवारमा मांगलिक कार्य हुनेछ । शनिको प्रभावका कारण सवारी साधनबाट होसियारी हुनुहोला झुट्टा आरोप लाग्ने सम्भावना रहेको हुँदा होसियारीमा काम गर्नुहोला सामाजिक र धार्मिक काममा धेरै समय बित्नेछ । कृषि तथा शिपमुलक काममा लगानी हुनेछ । परिवारको सहयोगमा रोकिएका कामहरु बन्नेछ । मालसमान चोरी हुने तथा कानुनी प्रकृयामा पर्ने योगछ । यो बर्षको लागी शुभ अकं १ , ३ रातो रगं हरियो रगं शुभ रहेकोछ , आर्थिक दृष्टिले बैशाख, भाद्र, मंसिर माघ महिना शुभ रहेकोछ ।
कर्कट– यो बर्ष मध्यम फल रहेकोछ । जति काम गरेता पनि भाग्य भन्दा कर्मले जित्ने छ । सामाजिक कार्यमा शहभागी भएता पनि मानसम्मान मिल्ने छैन् । दौडधुपका कामहरु प्रसस्त हुनेछ , सांस्कृतिक तथा धार्मिक कार्यमा केहि सफल्ता मिल्नेछ । लेनदेनको कारोबारमा बिचार गर्नुहोला दोखा हुनेछ , पशुचौपायबाट फाईदा कम हुनेछ । व्यापारमा लाभ मिल्नेछ । , सवारी साधन खरिद तथा बिक्री हुनेछ । रमाईलो यात्रा तथा योजनहर प्रसस्त भएता पनि आर्थिक अभावको कारण रोकिने हुँदा गणेश भगवानको बर्त बस्दा राम्रो हुनेछ । यास बर्ष ,बैशाख, जेष्ठ, कार्तिक, पुष महिना शुभ तथा १, ४, ७ अकं, रातो , सेतो अकं शुभ रहेकोछ ।
सिंह– यस बर्ष शुभ समय आएकोछ । जिम्बेवारीका कामहरु धेरै हुनेछ , सन्तानको शुख तथा परिवारको काममा व्यस्त हुनेछ । घरपरिवारमा मांगलिक कार्य हुनेछ । आर्थिक समस्याको समाधन तथा सवारी साधनबाट होसियारी हुनुहोला, बैदेशिक कामको लागी भने यस बर्ष राम्रो छैन् । यात्रा लाभदायी तथा महत्वपुर्ण हुनेछ । माया पिरतीमा राम्रो फलदायि हुनेछ । छरछिमेकी संग सामान्य बिवाद आउनेछ , जागिरमा उच्चपद प्राप्ती हुनेछ । यस बर्षको लागी शुभ अकं १ , २ , ५ रातो रगं शुभ रहेकोछ , आर्थिक हिसाबमा हेर्नेहो भने बैशाख, जेष्ठ , भाद्र र फाल्गुन महिना शुभ रहेकोछ ।
कन्या – समय उत्तम रहेकोछ । आर्थिक प्रगति तथा सवारी साधन खरिद हुनेछ । परिवारको सहयोग तथा दाजुभाईको काममा व्यस्त हुने योग रहेकोछ । सामाजिक कार्यमा सहभागी तथा सरकारीकामको जिम्मेवारी हुनेछ । खानपिनमा बिचार पुराउनुहोला स्वास्थ्यमा केहि समस्या आउनेछ । शत्रुहरुले बेला बेलामा सताउने तथा बिपरित लिङ्गीहरु आकर्षण हुनेछन ् । जमिनको कारोबार हुने तथा नयाँ व्यवसायको सुरुवात हुनेछ । यात्रा रमाईलो तथा बैदेशिक क्षेत्रबाट फाईदा मिल्नेछ । शैक्षिक प्रगति हुने तथा केहि झुट्टा आरोप लाग्न सक्छ होसियारी हुनुहोला , यस बर्षको लागी शुभ अकं ३ , ६ , ७ हरियो सेतो रगं शुभ रहेकोछ । आर्थिक हिसाबले असार , आश्विन, कार्तिक शुभ रहेकोछ ।
तुला –समय मध्यम रहेकोछ । शनिको प्रभावका कारण कार्यमा केहि बिलम्ब हुनेछ । यात्रामा कष्ट हुनुका साथै आर्थिक पिरचिन्ता आउनेछ । नकारात्मक भावनाहरु धेरै आउने तथा रोकिएका कामहरु बन्नेछ , शिक्षामा राम्रो प्रगति हुनेछ । व्यापार व्यवसायमा लगानी हुनेछ । सन्तानको लागी परिश्रम गर्नुका साथै सवारी साधन खरिदको समय आएकोछ । मनमा चोट पुग्ने कुराहरु सुन्नुका साथै धार्मिक कार्यमा सहभागी हुनेछ । ठुलै संघर्सले मात्र आफ्न्तीको सहयोग मिल्नेछ । बन्धुहरुबाट होसियारी हुनुहोला यो महिनाका लागी शुभ अकं १ ,७ रातो सेतो रगं शुभ आर्थिक हिसाबले बैशाख , असार, मंसर, चैत्र महिना शुभ रहेकोछ ।

बृश्चिक –मनमा शंकाले सताउनेछ । शिक्षामा खासै प्रगति हुनेछैन् । बोलीचालीको कारण परिवारमा बिवाद आउन सक्छ । व्यापार तथा उद्योगको क्षेत्रमा सुधार तथा केहि आर्थिक फाइदा हुनेछ । बोलीचालीको कारण परिवारमा बिवाद आउन सक्छ ।काम काजलाई ध्यान नगर्दा आर्थिक तथा मानसम्मानमा चोट पुग्न सक्छ । जागिरमा बिवाद आउन सक्छ , भने व्यक्तित्व निखार्ने अवसर मिल्नेछ । बैदेशिक यात्रा हुनेछ । परिवारको लागी व्यस्त हुनुपर्ला , स्वास्थ्यमा केहि समस्या आउन सक्छ भने दाजुभाईको सहयोगले काम बन्नेछ । यो बर्षको लागी शुभ अकं ५ ,८ रातो रगं आर्थिक रुपमा श्रावण, पुष, चैत्र महिना शुभरहेकोछ ।
धनु–यस वर्ष केहि राम्रा केहि नराम्रा फलहरु हुनेछन् । जागिरमा केहि समस्या आएता पनि ठुलै सहयोग मिल्नेछ । धार्मिक यात्रा तथा व्यवसायको लागी धेरै परिश्रम गर्नुपर्नेछ । स्वास्थ्यमा केहि प्रतिकुल असर पर्ने भएको कारण खानपिनमा बिचार पुराउनुहोला सन्तानको कारण समाजमा मानसम्मान मिल्नेछ । आर्थिक नोक्सानी हुनेछ , सवारी साधन खरिद तथा बिक्री बितरण हुनेछ । बैदेशिक कार्य ढिलासुस्तीको कारण मनमा डरचिन्ता मात्र आउने देखिन्छ । शत्रुमाथी बिजय प्राप्ती तथा बेला बेलामा मनमा नराम्रा कुराहरु आउनेछ । यस वर्षको लागी शुभ अकं ३ , ९ हरियो , पंहेलो रगं आर्थिक रुपमा असार , भाद्र, पुष महिना शुभ रहेकोछ ।
मकर – समय उत्तम रहेकोछ । मानसम्मान मिल्नेछ । जागिरमा उच्चपद तथा जिम्मेबारीका कामहरु आउनेछन् । परिवारमा माया बढेर जाने तथा सन्तानको समस्याले सताउनेछ , घरजग्गा जोडने तथा सवारी साधनबाट होसियारी हुनुहोला ,रमाईलो यात्रा तथा अनुसन्धान सम्बन्धी कार्य हुनेछ । शत्रुलागे पनि जित तपाईकै हुने तथा बिपरीत लिङ्गीहरुको कारण परिवारमा तनाब आउने योग भएको कारण होसियारी हुनुहोला , व्यवसायमा लाभ मिलेता पनि आर्थिक पिरचिन्ताले बेला बेलामा सताउनेछ । बैदेशिक कार्य सामान्य हुनेछ । यस बर्षको लागी शुभ अकं ३, ५ , ८ हरियो , रातो रगं जेष्ठ, भाद्र, आश्विन महिना शुभ रहेकोछ ।
कुम्भ– साना तिना समस्या आउने तथा शत्रुबढेर जानेछ । स्वास्थ्यमा केहि समस्या आउनेछ । बिनाकारण परिवारमा बिवाद आउन सक्छ । अधुराकार्य सम्पन्न हुनेछ । सवारी साधनबाट होसियार हुनुहोला व्यापार व्यवसाय तथा उद्योगमा लाभ मिल्नेछ । यात्रा गर्दा होसियारी हुनुहोला नोक्सानी हुने योग रहेकोछ । साथीभाईको सहयोग मिल्नेछ । अचलसम्पत्तिको दुरुपयोग हुने तथा कृषिमा लगानी गर्दा उत्तम हुनेछ । साझेदारीमा गरेको कामकारोबारमा नोक्सानी हुने सम्भावना रहेकोछ , शैक्षिक क्षेत्र तथा बैदेशिक क्षेत्रमा खासै प्रगति हुनेछैन् । शुभ अकं १, ३ , ७ रातो , हरियो, सेतो रगं र बैशाख, असार, कार्तिक महिना शुभ रहेकोछ ।
मिन– समय उत्तम रहेकोछ । परिवारको प्रगति तथा साथीहरुको सहयोगमा काम बन्नेछ , धर्मकर्ममा मन जानेछ , यात्रामा केहि कठिनाई आउने तथा नयाँकामको सुरुवात हुनेछ , बिनाकारण जरिवान तिर्नुपर्ने छ । मनमा चोट पुग्ने कुरा सुन्नुका साथै आर्थिक प्रगति हुनेछ ,शिक्षा तथा सामाजिक कार्यमा राम्रौ हुनेछ , रोकिएका काम तथा धन सहज तरिका बाट प्राप्ती हुनेछ , स्वास्थ्यमा केहि सुधार हुने तथा साथीभाइको कारण अपमान हुनुपर्ला ।यस बर्षको लागी शुभ अकं १, २, ७ , रातो , पंहेलो रगं , बैशाख, जेष्ठ, माघ महिना शुभ रहेकोछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *