चैत्र २७ गते ज्योतिषीहरुको दिवस ज्योतिष दिवस मनाईने

काठमाण्डौ, यस वर्ष चैत्र शुक्ल प्रतिपदा २७ गतेको दिनमा ज्योतिष दिवस मनाइने भएको छ । आज बसेको ज्योतिषीहरुको बिभिन्न संघ संस्थाहरुको संयुक्त बैठकले ज्योतिष दिवस मनाउने निर्णय गरेको हो । नेपाल ज्योतिष परिषद्को आयोजनामा नेपाल पञ्चाङ्ग निर्णय समिति, दक्षिण एसियाली ज्योतिष महासँघ, विश्व ज्योतिष महासँघ , नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिष विभाग र राष्ट्रिय महिला ज्योतिष सँघ लागाएत विभिन्न ज्योतिषीहरु बीच भएको विशेष छलफलले ज्योतिष दिवस प्रत्येक चैत्र शुक्ल प्रतिपदाको दीनमा मनाउने निर्णय गरि नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेको अध्यक्षतामा ७ सदस्य आयोजक समिति गठन गरिएको छ । सदस्यमा डा. लोकराज पौडेल , प्रा.डा. धनेश्वर नेपाल , ज्यो.पं. सुर्य प्रसाद ढुङ्गेल , लक्ष्मण पन्थी र रतिदेवी जोशी श्रेष्ठ र शिवलाल पौडेल रहनु भएको छ । बैठकमा नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डे नेपाल पञ्चाङ्ग निर्णय विकास समितिका अध्यक्ष प्रा.डा. श्री कृष्ण अधिकारी , नेपाल संस्कृत विश्व विद्यालय वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष प्रा.डा. धनेश्वर नेपाल लगाएत अन्य ज्योतिषीहरुको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *